कोशीपारी अनलाइन संवाददाता
असोज २३, काठमाण्डौं
अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्न अझै केही समय लाग्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले विहीबारको मन्त्रिपरिषद बैठकपछि संचारकमीहरुले राखेको जिज्ञासामा उनले कानुनी प्रक्रिया बाँकी रहेकाले केही समय लाग्ने बताए । उनले विभागबाटै काम हुनेगरी प्रक्रिया अघि बढीसकेको जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएको थियो । अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान हटाएको थियो ।
सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...