२०८३ बैशाख १५
April 28, 2026, Tuesday

बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु,उद्दार कार्य जारी

बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु,उद्दार कार्य जारी

कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरण अनुसार ५२ जनाको निधन भएको जानकारी दिएका छन् ।
मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवम् खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परि ३९ जना, बाढिमा ११ जना र चट्याङबाट २ जना गरि ५२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘मध्यान्न १२ बजेसम्मको विवरण अनुसार मानविय क्षतिमा ५२ जनाको निधन भएको छ । पहिरोमा परि ३९ जना, यसमा इलाममा ३७ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढिमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । यसैगरि रौतहटमा चट्याङबाट पनि २ जनाको मृत्यु भएको छ । बेपत्ता अहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जना हुनुहुन्छ र घाइते ४७ जना हुनुहुन्छ । पहिरोका घाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् ।’
यस्तै, उनले बेपत्ताहरुको खोज उद्धारको कार्य तीन वटै सुरक्षा निकाय र स्वंमसेवक साथिहरु खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरुको उपचार निशूल्क गरेको पनि बताए ।
उनले भने, ‘बेपत्ताहरुको खोज उद्धारको कार्य जारी छ । तीन वटै सुरक्षा निकाय परिचालित छन् भने रसुवाको बाढिमा स्वंमसेवक साथिहरु पनि हुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरुको उपचार नेपाल सरकारले निशूल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाट पनि आफ्‌नो प्रदेशमा भएको अस्पतालहरुमा निशूल्क उपचार गराउने कुरा गर्नु भएको छ ।’
तीन वटै सुरक्षा निकायहरु, नेपाल सरकारका संघीय मन्त्रालयहरु मात्र नभई एनजिओ, आइएनजिओहरु देखि लिएर सबैको आफनत्व भएको प्रतिकार्य योजना भयो भने काम कागजी मात्र नभई भौतिक रुपमा पनि हुने भन्दै सोही हिसाबले सबैलाई लिएर अगाडि बढेको पनि उनको भनाई छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP