कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं
सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।
परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।
उनले भने,‘अक्टोबर ८र९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन् । हाम्रो देशलाई रक्तपात पुगिसकेको छ । हामीलाई रक्तपात चाहिएको छैन् । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो । धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन् । भ्रम छर्ने काम गरिरहेका छन् । भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन् ।’
त्यस्तै उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरे ।
‘जबसम्म देशमा सुशासन कायम हुँदैन् । देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस् । कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भने ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...