२०८२ कार्तिक २८
November 14, 2025, Friday

चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो

चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो

कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं

एजेन्सी । चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु सुरु हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ ।
ति मेलाहरूमा यस बर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । उनीहरुले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन् ।
एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरु मेलामा झुम्मिएका छन् । एआई पृष्ठभूमि भएका नयाँ भर्नाहरू बाहेक, धेरै भन्दा धेरै कम्पनीहरूले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन् ।
किनभने एआई ठूला भाषा मोडेलहरू निर्माण गर्दा, कम्पनीहरूलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत चाहिन्छ ।
जुन इन्टर्न वा प्रशिक्षार्थीको रूपमा हालसालै स्नातक गरिएकाहरूका लागि पूर्ण रूपमा उपयुक्त मानिन्छ ।
चीनको एक अग्रणी करियर विकास प्लेटफर्मको तथ्याङ्कले गत वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा एआई इन्जिनियरहरूको लागि २५ प्रतिशत बढी जागिर पोस्टिङ भएको देखाएको छ ।
तथ्याङ्क अनुसार कृत्रिम बुद्धिमत्ता इन्जिनियरहरूको औसत मासिक तलब लगभग तीन हजार अमेरिकी डलर छ।(सीसीटीभीप्लस)

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP