कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं
नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।
मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।
यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।
पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...