२०८३ बैशाख १५
April 28, 2026, Tuesday

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

कोशीपारी अनलाइन संवाददाता
असोज २०, काठमाण्डौं

विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सेंट्रमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, विश्वका ७० प्रतिशत कम्प्युटर–इन्टेन्सिभ मोडेलहरू अमेरिकामा विकास भइरहेका छन् भने चीनले प्रविधिगत अलगावलाई प्राथमिकता दिइरहेको छ । यसैबीच, पश्चिमी मुलुकहरू नियामक स्थायित्वमा केन्द्रित भइरहेका बेला भारतले वैकल्पिक अवसर देखाइरहेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार, भारतको डेटा सेन्टर क्षमता सन् २०२४ मा १.४ गीगावाट पुगेको छ । जसको बजार आकार करिब ५.०३ अर्ब अमेरिकी डलर बराबर छ । यो क्षमता सन् २०३० सम्ममा वार्षिक २१ प्रतिशतको दरले बढ्ने प्रक्षेपण गरिएको छ, जुन विश्व औसत ११.२ प्रतिशतको भन्दा दोब्बर हो ।
हाल भारतमा ३.४ गीगावाट क्षमताका डेटा सेन्टर निर्माणाधीन छन् जसका लागि ५० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी भइसकेको छ । तर प्रतिवेदनले माग र आपूर्ति बीच ठूलो खाडल देखाएको छ ।
सन् २०२८ सम्म भारतलाई ६.५ देखि ८.३ गीगावाट क्षमताको आवश्यकता पर्ने अनुमान गरिएको छ तर आपूर्ति केवल ४.८ गीगावाटमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
एआई कार्यभार बढ्दै जाँदा डेटा सेन्टरमा विद्युत खपत सन् २०३० सम्म १६५ प्रतिशतले बढ्ने प्रतिवेदनको निष्कर्ष छ । यसले प्रारम्भिक लगानीकर्तालाई प्रिमियम मूल्य निर्धारणको अवसर दिने सम्भावना रहेको बताइएको छ ।
भारतमा प्रमुख प्राविधिक कम्पनीहरूले ठूलो लगानी घोषणा गरिसकेका छन् । अमेजन वेब सर्भिसेजले १२.७ अर्ब डलर, गुगलले विसाखापट्टनममा ६ अर्ब डलर, माइक्रोसफ्टले ३ अर्ब डलर, र रिलायन्सले एनभिडियासँग साझेदारीमा जामनगरमा २५ अर्ब डलरको एआई पूर्वाधार परियोजना अघि बढाइरहेका छन् ।
भारतको डिजिटल अर्थतन्त्र यस विस्तारलाई थप बल दिन सहयोगी बनेको बताइएको छ । देशले वार्षिक १६४ अर्ब युपिआई कारोबार प्रक्रिया गर्ने, ५४७ मिलियनभन्दा बढी ओटीटी प्रयोगकर्ता रहने, र मासिक करिब १७.४ एक्साबाइट डेटा उपभोग गर्ने गरेको तथ्याङ्क प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
प्रतिवेदनले भनेको छ, ‘भारत हाल विश्वव्यापी एआई पूर्वाधार क्रान्तिको केन्द्रबिन्दुमा उभिएको छ । जसले आगामी पुस्ताका प्रतिस्पर्धात्मक संरचनालाई पुनःपरिभाषित गर्नेछ । यसपटकको प्रविधि चक्र ‘वैकल्पिक’ नभई ‘अस्तित्वगत आवश्यकता’ हो । जसले डिजिटल पूर्वाधारलाई अझै उच्च घनत्वका “एआई फ्याक्ट्री“ र इनफरेन्स सेन्टरतर्फ धकेलिरहेको छ ।’
एएनआई

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP