कोशीपारी अनलाइन संवाददाता
असोज २०, काठमाण्डौं
भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।
दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् ।
ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।
अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी प्रदर्शन हुने अपेक्षा छ ।
फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...