२०८३ बैशाख ५
April 18, 2026, Saturday

काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

कोशीपारी अनलाइन संवाददाता
असोेज १८, काठमाण्डौं

काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ ।
गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ ।
बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।
तस्विरहरु : काठमाडौं महानगरपालिका
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः
१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३ (काठमाडौं प्रहरी)

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP