२०८२ मंसिर १९
December 5, 2025, Friday

सारिका घिमिरे भन्छिन् : ‘दशैं संस्कृति हो, देखासिकी होइन’

सारिका घिमिरे भन्छिन् : ‘दशैं संस्कृति हो, देखासिकी होइन’

कोशीपारी अनलाइन संवाददाता
असोज १५, काठमाण्डौं
सानो छँदा नयाँ लुगा पाउँदा जति खुशी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थें ।

सारिका घिमिरे
गायिका एवम संगीतकार
‘गुन भुल्यौ पित्तलको सुन’बाट चर्चामा आएकी गायिका सारिकाको दशैं
संगीतको दुनियाँमा अहिलेको पुस्तामा एक छुट्टै स्थान बनाइसकेकी गायिका, गीतकार, संगीतकार तथा अभिनेत्री सारिका घिमिरे पछिल्लो समय एकदमै चर्चामा छिन् । उनका गीतहरूले जनमानसको मन छुने मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक तहल्का मच्चाइरहेका छन् ।
‘गुन भुल्यौ, पित्तलको सुन पायौ होला’ यही गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो । यूट्युबमा लाखौं भ्यूज, हजारौं टिकटक र रीलहरू… बालकदेखि वृद्धसम्म सबैको ओठमा अहिले यो गीत गुञ्जिएको छ ।
तर गीत–संगीतको व्यस्ततालाई केही समय थाँती राख्दै सारिकाले दशैंको सम्झनामा डुबेका पलहरू सुनाइन् कोशीपारी अनलाइन संवाददातासँग ।
बाल्यकालको दशैं—नयाँ लुगा र पिंङको रमाइलो
‘दशैं भन्नासाथ बाल्यकालको त्यो रमाइलो समय सम्झिन्छु,’ सारिका भन्छिन् ।
सानो छँदा नयाँ लुगा पाउँदा जति खुशी लाग्थ्यो, त्यो आजको सफलता पाउँदा पनि कहाँ आउँछ र ! ‘दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिन्थे परिवारले,’उनी सम्झिन्छिन्, ‘त्यो लुगा लगाएर गाउँभरि देखाउन जान्थ्यौं हामी ।’
पिङ खेल्ने, टीका थाप्ने, दक्षिणा लिने — ती सबै कुरा उनलाई अझैपनि हिजोको कुरा जस्तै लाग्छ ।
अहिले जिम्मेवारी बढ्यो, दशैं नर्मलजस्तै लाग्छ
समयसँगै उमेर बढेपछि चाडबाडप्रतिको अनुभूति पनि परिवर्तन भएको छ । अब उनलाई दशैं छुट्टीको समयभन्दा पनि जिम्मेवारी बोकेको चाड जस्तो लाग्छ ।
‘बच्चा बेलाको जस्तो चटारो, तयारी, जोश अब त्यति छैन,’ उनी भन्छिन्, ‘अब त अलिअलि नर्मल लाग्छ, फेरि जिम्मेवारी पनि थपिन्छ नि ।’ तर यति हुँदाहुँदै पनि, उनी भन्छिन् ‘दशैं भनेको नेपालीहरूको साझा चाड हो । सभ्य तरिकाले, खुशीसाथ मनाउनुपर्छ ।’
चाडबाड र संगीत—अटुट सम्बन्ध
गायिकाका लागि चाडबाड गीत–संगीतबिनाको त कल्पना नै गर्न सकिँदैन । ‘दशैं आयो भन्ने बित्तिकै गीत बज्न थाल्छ,’ उनी भन्छिन्, ‘गीत–संगीत बिना चाडबाड खल्लो लाग्छ ।’
उनलाई आफूले गाएको दशैं विशेष गीत नहुनुको थोरै अफसोस पनि छ । ‘सोचेको थिएँ यसपालि एउटा दशैं–तिहारको गीत गरौं कि भनेर,’ उनी भन्छिन्, ‘तर समय मिलेन, अब अर्को वर्ष गरौंला ।’
विदेश यात्रा होइन, देशमै कार्यक्रम
दशैं–तिहारको समय धेरै कलाकारहरू विदेशमा कार्यक्रम लिएर जान्छन् । तर सारिका भन्छिन्,‘अहिलेसम्म दशैं–तिहारमा विदेश जानु परेको छैन ।’ नेपालमै केही कार्यक्रमहरू भइरहेका छन्, तर देशको समग्र अवस्थाका कारण सबै कुरा नियमितजस्तो नभएको उनी बताउँछिन् ।
सबैका लागि शुभकामना
अन्ततः सारिका सबै नेपालीलाई सन्देश दिन्छिन्, ‘ह्याप्पी दशैं! सबैले आ–आफ्नो ठाउँबाट सुरक्षित, सभ्य र सान्दर्भिक ढंगले दशैं मनाउनुहोस् ।’ गीत–संगीतको माध्यमबाट समाजमा चेतना र मनोरञ्जन फैलाइरहेकी सारिका आफैंले अझै धेरै पर्व गीतहरू गाउने सपना बोकेकी छिन् । शायद अर्को वर्ष, दशैंको लहरसँगै सारिका घिमिरेकै स्वरमा नयाँ पर्व गीत गुञ्जिरहेको सुन्न पाइएला ।

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०८२ आश्विन १५

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०८२ आश्विन १५

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०८२ आश्विन १५

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP