२०८२ कार्तिक २८
November 14, 2025, Friday

भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

कोशीपारी अनलाइन संवाददाता
असोज १४, काठमाण्डौं

रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।
उनका अनुसार ट्रक चालक धादिङको गल्छी गाउँपालिका–६ का ३० वर्षीय विनय लामालाई पक्राउ गरिएको हो । भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP