कोशीपारी अनलाइन संवाददाता /तेल अवीभ (इजरायल)
असोज १३, काठमाण्डौं
विश्व शान्ति र मानव काल्यणको कामना गर्दै नेपाल आदिवासी जनजाति महासंघ इजरायलले एक विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम “मणिजप ङेवा, मोलम तथा छोकफुल” आगामी ३ अक्टोबार २०२५ (शुक्रबार) का दिन HADUT HIBAIT 47, TEL-AVIV मा आयोजना गर्ने भएको छ ।
धर्म, संस्कृति र शान्तिको सन्देश फैलाउने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा लामा गुरुहरुको विशेष उपस्थिति रहनेछ । कार्यक्रम साँझ ६ः३० बजेबाट सुरु हुनेछ र विश्वभरका सम्पूर्ण जीवित तथा मृत प्राणीहरुको कल्याणको लागि सामूहिक प्रार्थना, मणिजप ङेवा, मोलम तथा छोकफुलजस्ता धार्मिक अनुष्ठानहरु सञ्चालन गरिनेछ ।

कार्यक्रमको उद्धेश्य :
कार्यक्रमले विश्व शान्ति, सद्धाव र सबै जीवप्रतिको करुणाको भावना फैलाउने लक्ष्य लिएको छ । इजरायलमा रहेको नेपाली आदिवासी जनजाति समुदायबीच धार्मिक एकता र सांस्कृतिक चेतनाको सशक्त सन्देश फैलाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
सहभागी हुन आह्वान :
महासघले तेल अवीभ र वरपर रहेका सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी नेपाली समुदायका सदस्यहरुलाई कार्यक्रममा उपस्थित भएर प्रवचन सुन्न तथा सामूहिक प्रार्थनामा सहभागी हुन हार्दिक निमन्त्रण गरेको छ ।
कार्यक्रम विवरण
स्थान : HADUT HIBAIT 47, TEL-AVIV
मिति : अक्टोबर ३, २०२५
समय : साँझ ६ः३० बजे
आयोजक : नेपाल आदिवासी जनजाति महासंघ इजरायल
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...