कोशीपारी अनलाइन संवाददाता
असोज १३, काठमाण्डौं
सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पु्नः अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ ।
पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...