२०८२ कार्तिक २३
November 9, 2025, Sunday

‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

कोशीपारी अनलाइन संवाददाता
असोज ११, काठमाण्डौं

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।
उनले भनिन्, “क्रान्तिपछि बनेको सरकारले संविधान संशोधनको पहल नगर्नु, जेनजी विद्रोहलाई बर्बर दमन गर्नु, तत्कालिन राज्य सञ्चालकहरुलाई कारवाहीको प्रक्रिया सुरु नगर्नुले शसकित मात्र बनाएको छैन सरकार क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको देखिन्छ ।”
उनले क्रान्तिको बलमा संसद् विघटन गरेर संसद भन्दा बाहिरबाट बनेको सरकारले क्रान्ति र सहादतमाथि बेइमानी गरेको बताइन् ।
‘यो सरकार सडकमा तातो गोली खाएर ढलेका नव युवकको बलिदानीलाई अपमान गर्न उद्धत छ भन्ने आशंका बढाएको छ,’ उनले भनिन् ।
क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई नभएको भन्दै असफल राजनीतिक दलका नेताहरु पुन राजनीतिक कृयाकलापमा फर्किनु उचित नभएको बताइन् ।
‘क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई छैन । सहिदका रगत सुक्न नपाउँदै र खरानी भएका संरचनाहरुमाथि टेकेर पुनः यिनै असफल राजनीतिक दलका नेताहरुले मुन्टो उठाउने ढृष्टता गर्नुले ऐतिहासिक बलिदानीमाथि उपहास गरेको आम मानिसको निष्कर्ष छ,’ उनले भनिन् ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP