२०८२ माघ ५
January 19, 2026, Monday

हेटौंडाको खसी बजारमा चहलपहल, व्यापार उकालो

हेटौंडाको खसी बजारमा चहलपहल, व्यापार उकालो

कोशीपारी अनलाइन संवाददाता
असोज ११, काठमाण्डौं

दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ । शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।
मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका छन् ।
किसानहरूले भने बजारको अव्यवस्थित अवस्थाबारे गुनासो गरेका छन्। उनीहरूका अनुसार राप्ती खोलाको किनारमा रहेको यो खसी बजारमा हरेक वर्ष जस्तै यस वर्ष पनि उचित व्यवस्थापन नभएको कारण किनमेल र यातायातमा समस्या भइरहेको छ । लाखौँको संख्यामा ल्याइने खसी र बोकाका कारण बाटो अवरुद्ध हुने, किनमेलका क्रममा ज्यानको जोखिम हुने अवस्था देखिएको किसानहरूको गुनासो छ ।
स्थानीय स्तरमा उचित पूर्वाधार र व्यवस्थापनको अभावले किसान र उपभोक्ता दुवैलाई असुविधा भइरहेको बताउँदै उनीहरूले हेटौंडा उपमहानगरलाई बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP