कोशीपारी अनलाइन संवाददाता
असोज ६, काठमाण्डौं
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ ।
मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...