२०८२ फाल्गुन २५
March 9, 2026, Monday

कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ

कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ

कोशीपारी अनलाइन संवाददाता
असोज ४, काठमाण्डौं

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् ।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अब सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताए ।
हालै बसेको कांग्रेसको कार्यसम्पादन समितिमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्न सकिने प्रस्ताव राखेका थिए । तर, कोइरालाले त्यसबारे अहिले धारणा दिन नमिल्ने बताए ।
कोइरालाले भनेका छन् ‘संविधानलाई धेरै नचलाइ, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । अहिले संविधान डिरेल भए पनि यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचन नै हो ।’
जेनजी आन्दोलनप्रति आत्मालोचना
जेनजी आन्दोलन उठ्नुमा राजनीतिक दल र नेतृत्वको कमजोरी रहेको स्वीकार गर्दै कोइरालाले भने, ‘उनीहरूले उठाएका मागलाई हामीले आत्मसात गर्न सकेनौँ, विश्वास गरेनौँ। त्यो सरकारको पनि गल्ती भयो।’ उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।
आगोले जलेको निवासमै पत्रकार सम्मेलन
कोइरालाले पत्रकार सम्मेलन आफ्नै निवासमा गरे, जुन केही दिनअघि जेनजी आन्दोलनकै क्रममा आगजनीमा परि जलेको थियो । भावुक हुँदै उनले भने, ‘यो घर मेरो मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीक हो । यो घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ ।’

उनले कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस भए पनि अहिलेको प्राथमिकता चुनाव भएको दोहोर्‍याए । ‘अब ६ महिनाभित्र हुने निर्वाचन नै देशको निकास हो। यो सरकार निर्वाचनका लागि मात्र हो, अरू विकल्प छैन,’ उनले भने, ‘म कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई भन्छु— संयमित भएर, नडराई, चुनावमा होमिनुहोस् ।’

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP