२०८२ फाल्गुन २५
March 9, 2026, Monday

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

कोशीपारी अनलाइन संवाददाता
असोज ३, काठमाण्डौं

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् ।
ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफूले निर्वाचित संविधानसभामार्फत बनाएको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो संविधान लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र जनताको अधिकार सुनिश्चित गर्ने दस्तावेज भएको उल्लेख गरेका छन् ।
उनले संविधान निर्माणको क्रममा भोगिएको भारतीय नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबलाई जनताको ऐक्यबद्धताले परास्त गरिएको भन्दै भने, ‘नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्य रेखा हो ।’
ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भूजडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP