२०८२ माघ ५
January 19, 2026, Monday

रामेछापमा यसरी मनाइयो संविधान दिवस

रामेछापमा यसरी मनाइयो संविधान दिवस

कोशीपारी अनलाइन संवाददाता
असोज ३, काठमाण्डौं

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
दिवस मूल आयोजक समितिको आयोजनामा भएको र्‍याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो ।
जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका विशेषता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थिति राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले धारणा राखेका थिए ।
कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले देश जटिल सङ्क्रमणको अवस्थामा रहेको बताउँदै संविधान र व्यवस्थाको संरक्षणको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
उनले सबै आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन् । देशमा सङ्कट आउँदा पनि राम्रो हुँदा पनि कुनै न कुनै रूपमा सबै जिम्मेवार हुने बताउँदै उनले सबैलाई सो भावनाका साथ अघि बढ्न आग्रह गरिन् ।
अहिलेका उपलब्धि यही संविधानले ल्याएको बताउँदै उनले त्यसको संरक्षण गर्न सबै लाग्नु पर्ने बताइन् । निक्कै कष्टका साथ यो व्यवस्था ल्याइएकोले यसलाई जोगाउन सबैको दायित्व हुने उनको धारणा छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको बताउँदै संविधान कार्यान्वयनमा कहाँ कहाँ कमजोरी भए त्यसको समीक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिए । को कहाँ चुक्यो त्यो मनन गरेर सुधार्नु पर्ने उनको धारणा छ ।
कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारी, राजनीतिक दलका नेताहरू तथा नागरिक अगुवाको सहभागिता रहेको थियो ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP