कोशीपारी अनलाइन संवाददाता
असोज २, काठमाण्डौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् ।
बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनर्स्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए ।
वर्ता पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोली) रहेको राष्ट्रिय दिवसको शुभकामना समेत दिए ।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें । साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरे,’ उनले लेखेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...