२०८२ कार्तिक २८
November 14, 2025, Friday

बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बाँडफाँड हुँदै

बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बाँडफाँड हुँदै

कोशीपारी अनलाइन संवाददाता
असोज १, काठमाण्डौं

बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो । यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ । साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हो ।
बुङ्गल हाइड्रो लिमिटेडले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० भदौ २ गतेदेखि यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको हो। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको यस आयोजना निर्माणको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको कम्पनीले जनाएको छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP