२०८३ बैशाख १४
April 27, 2026, Monday

पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

कोशीपारी अनलाइन संवाददाता
भदौ ३१, काठमाण्डौं
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् ।
विज्ञप्ति जारी गर्दै विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् ।
विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ ।
‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन । परन्तु यसलाई जाना–जान प्रवेश गराइएन या बेवास्ता गरियो ।, जेन जीलाई सम्बोधन गर्दै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैर–दलीय, गैर– बामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्वीकार्ने छैनन् ।’
पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव नभएको भन्दै विप्लवले अगाडि भनेका छन्, ‘बर्षौदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरुलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र हो । हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन ।’
अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै उनले भनेका छन्, ‘आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बनौं । देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गरौँ । हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने प्रतिवद्धता व्यक्त गर्दछ । धन्यवाद !’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP