२०८३ बैशाख १४
April 27, 2026, Monday

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

कोशीपारी अनलाइन संवाददाता
भदौ ३१, काठमाण्डौं

अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ ।
उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।
यसै कारण लगानीकर्ताको चर्को दबाबसँगै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरूले असोज ५ गतेअघि नै बजार खोल्ने सम्भावनाबारे छलफल थालेका छन् ।
धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरको व्यवस्था जस्ता विषयमा निर्णय गर्ने बताइएको छ ।
राजनीतिक वातावरण स्थिर हुँदै गएको र लगानीकर्ताको मनोबल उकासिएको कारण बजार सुरुवाती दिन २ घण्टा मात्र वा पूरा समय नै खोल्ने विषय पनि छलफलमा रहेको छ । असोज १ गते सार्वजनिक विदा भएकाले असोज २ गते एकदिन मात्र बजार खोल्ने वा असोज ५ गतेदेखि नियमित गर्ने विषयमा अन्तिम निर्णय मंगलबार हुने जनाइएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP