कोशीपारी अनलाइन संवाददाता
भदौ ३१, काठमाण्डौं
खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, कुमारी बैंकका तोकिएका शाखाहरू र ‘मेरो शेयर’ प्रणालीबाट दिन सकिनेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...