कोशीपारी अनलाइन संवाददाता
भदौै २८, काठमाण्डौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ ।
शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।
‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...