कोशीपारी अनलाइन संवाददाता
भदौ २७,काठमाण्डौं
राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।
नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’
हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...