२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

शेयरबजार असोज २ गतेसम्मका लागि बन्द

शेयरबजार असोज २ गतेसम्मका लागि बन्द

कोशीपारी अनलाइन संवाददाता
भदौ २७,काठमाण्डौं
राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।
नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’
हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP