कोशीपारी अनलाइन संवाददाता
भदौ २६, काठमाण्डौं
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ ।
बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ ।

विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ ।
आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यु आदेश लागू हुने सेनाले जानकारी दिएको छ ।
नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यु आदेश र निषेधाज्ञा पालना गर्न सेनाले सबैलाई आग्रह समेत गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...