२०८२ कार्तिक २३
November 9, 2025, Sunday

हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सेनालाई बुझाउनुपर्ने

हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सेनालाई बुझाउनुपर्ने

कोशीपारी अनलाइन संवाददाता
भदौ २५, काठमाण्डौं

जेनजी नेतृत्वको आन्दोलनका सुरक्षाकर्मीहरुबाट लुटिएका वा फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन नेपाली सेनाले आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका/फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’
साथै, उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचनामार्फत जानकारी गराएको छ ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP