२०८३ बैशाख ९
April 22, 2026, Wednesday

ने.क.पा.एमालेको विधान महाधिवेशन : यस्तो छ तीन दिनको कार्यतालिका

ने.क.पा.एमालेको विधान महाधिवेशन : यस्तो छ तीन दिनको कार्यतालिका

कोशीपारी अनलाइन संवाददाता
भदौ २०, काठमाण्डौं

ने.क.पा.एमालेको विधान महाधिवेशन : यस्तो छ तीन दिनको कार्यतालिका
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन आज(शुक्रबार) पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्ने रोडम्यापसहितको राजनीतिक प्रतिवेदन प्रश्तुत गरेका छन् ।
शुक्रबार गोदावरीमा जारी महाधिवेशनमा अध्यक्ष ओलीले पार्टीका आगामी कार्यभारसहित राजनीतिक प्रतिवेदन प्रस्ताव पेस गर्नुभएको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले नेकपा एमालेले अव लिनुपर्ने बाटो र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यको लागि नेपाली विशेषताको समाजवाद निर्माण गर्न राजनीतिक प्रतिवेदन पेस गरिएको हो ।
उनले भने, ‘नेकपा एमालेले अव लिनुपर्ने बाटो, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितीको समिक्षा गर्दै एमालेका चुनौति र कस्ता अवसर छन् ? पार्टीको कार्यदिशा के हो ? पार्टीका आगामी कार्यभार के हुन् भन्नेमा केन्द्रित भएर अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यको लागि जनताको बहुदलिय जनवादको आलोकमा नेपाली विशेषतासहितको समाजवाद निमार्ण गर्ने रोडम्यापसहितको राजनीतिक प्रतिवेदन प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।’
प्रचार विभाग प्रमुख गौतमका अनुसार उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धि प्रस्ताव प्रस्तुत गर्ने र महासचिव शंकर पोखरेलले संगठानात्मक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।


‘पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धि प्रस्ताव प्रस्तुत गर्ने, विधान संशोधन सम्बन्धि प्रस्ताव देशका सबै मातहतका कमिटीले दिएका सुझावहरुसहित प्रस्तुत गर्नेछन् । त्यसपछि पार्टीका महासचिव शंकर पोखरेलले संगठानात्मक प्रस्ताव प्रस्तुत गर्ने कार्ययोजना रहेको छ,’ उनले भने ।
गौतमले पार्टीका तीनवटा आयोगहरु केन्द्रिय सल्लाहाकार परिषद, केन्द्रिय अनुसन्धान आयोग र केन्द्रिय लेखा आयोगले आ–आफ्‌नो प्रतिवेदन प्रस्तुत गर्ने समेत बताए ।
उनले भने, ‘पार्टीका तीनवटा आयोगहरु केन्द्रिय सल्लाहाकार परिषदका तर्फबाट त्यसका अध्यक्ष अमृत कुमार बोहरा, केन्द्रिय अनुसन्धान आयोगको तर्फबाट त्यसका अध्यक्ष केशव बडाल त्यसपछि केन्द्रिय लेखा आयोगको प्रतिवेदन त्यसका अध्यक्ष डा.पुष्प कंडेल, केन्द्रिय निर्वाचन आयोगको प्रतिवेदन त्यसको अध्यक्ष डा. बिजय सुब्बाद्धारा प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ ।’
महाधिवेशनमा नवौं केन्द्रिय कमिटीको बैठकमा फरक मत दर्ज गरेका स्थायी कमिटिका सदस्य कर्ण बहादुर थापाले आफ्‌नो प्रस्ताव प्रस्तुत गर्ने कार्ययोजनामा रहेको पनि उनले जानकारी दिए ।
उनले प्रदेश अन्तर्गत सातओटा समूह, उपत्यका विशेष प्रदेश जनसंगठन सम्पर्क समन्वय समिति र प्रवासलाई आठौँ समूह र केन्द्रिय निकायका प्रतिनिधि केन्द्रिय कार्यालयका विभागहरुलाई नवौं समूह बनाइने पनि बताए ।
उनले भोली (शनिबार) केन्द्रिय निकाय आयोजकहरुको सुझाव दिने प्रयोजनका निम्ति छुट्टै समूह बनाइएको र दिनभरीमा त्यसको प्रतिवेदन तयारी गर्ने बताए ।
महाधिवेशनको तेस्रो दिन समूहहरुको प्रस्तुतिको कार्ययोजनासहित निर्वाचन आयोगको निर्वाचन हुने गौतमले बताए ।
‘तेस्रो दिन २२ गते समूहहरुको प्रस्तुतीको कार्ययोजना बनाएका छौं । समूह प्रस्तुतिमा पहिले कोशी, सुदुरपश्चिम, मधेश, कर्णाली, बाग्मती, लुम्बिनी, गण्डकी, उपत्यका विशेष जनसंगठन सम्पर्क समन्वय केन्द्रिय निकाय प्रतिनिधिहरु र केन्द्रिय आयोजकहरुको तर्फबाट आफ्‌ना प्रस्तुति हुनेछन् । त्यसपछि पार्टीको चियरबाट उत्तर आउनेछ । पार्टीको अध्यक्षको उत्तरमा भिन्न मत छ भने प्रक्रियाबाट विषयबस्तुलाई निर्णयार्थ प्रस्तुत गर्छौ,’ उनले भने, ‘निर्वाचन आयोगको निर्वाचन हुन्छ । आयोगको निर्वाचन भएर नयाँ केन्द्रिय निर्वाचन आयोग आउँछ । त्यसपछि हामी समसामायीक प्रस्तावहरु पारित गर्नेछौ ।’
उनले प्रतिनिधिको लागि आवासको व्यवस्था नगरिएको र प्रवेश शुल्क समेत नलगाइएको बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP