२०८३ बैशाख ५
April 18, 2026, Saturday

सेयर बजारका सबै सूचक घटे, कारोबार रकममा पनि घट्यो

सेयर बजारका सबै सूचक घटे, कारोबार रकममा पनि घट्यो

कोशीपारी अनलाइन संवाददाता, काठमाण्डौं
साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको छ । यसअघि बिहीवार बजार ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको थियो ।
यसअघि विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ । फ्‌लोट इन्डेक्स २.३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्‌लोट इन्डेक्स १.८४ अंकले घटेको छ ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २३९६.०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ ।
आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP