२०८२ कार्तिक २८
November 14, 2025, Friday

डीडीसीमा दुग्ध किसानको धर्ना

डीडीसीमा दुग्ध किसानको धर्ना

काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि  भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबारडीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केहीबेर प्रहरी र दुग्ध किसानहरूबीच घम्साघम्सी समेत भएको थियो ।

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थानलगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । अहिले दुग्ध किसानहरूको तीन अर्बभन्दा बढस् बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP