२०८३ बैशाख ९
April 22, 2026, Wednesday

मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष लिलादेव गड्तौला

मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष लिलादेव गड्तौला

कोशीपारी अनलाइन, काठमाण्डौं

बर्दिया । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष ी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् । परिवारले बाध्यताले मृत्यु दर्ता गराएको वा न्यायीक मृत्यु घोषणा गराएको भएपनि उनीहरूको खोजविन गरि अवस्था सार्वजनिक गर्ने बताएकी हुन् ।
१५ औँ अर्न्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दिया पुगेकी अध्यक्ष गड्तौलाले उजुरीको आधारमा सत्य तथ्य जाँच गरी बेपत्ताको अवस्था सार्वजनिक गर्ने बताइन् ।
द्वन्द्वपीडित समिति ठाकुरबाबाकी अध्यक्ष उमा मल्लको मृत्यु दर्ता गरेका व्यक्तीको हकमा बेपत्ता आयोगले के गर्छ भन्ने प्रश्नमा आयोगकी अध्यक्ष गड्तौलाले चार बर्षे अवधिमा देश भरका सम्पूर्ण बेपत्ता पारिएका व्यक्तिहरूको खोजविन गरि अवस्था पत्ता लगाउने बताएकी छन् ।
उनले बेपत्ता पार्ने दोषी व्यक्तिहरू माथि अभियोजन गर्ने, पीडितलाई न्याय दिलाउने र परिपुरणका लागि सरकार समक्ष सिफारिस गर्ने बताइन् ।
आयोगका अनुसार बर्दियामा दुई सय ६१ ओटा बेपत्ताका उजुरी दर्ता भएका छन् नेपालभरबाट दुई हजार छ सय ४० जना बेपत्ता पारिएको भन्दै उजुरी दर्ता भएका छन् ।
त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बर्दिया जिल्लाबाट करिब तीन हजार उजुरी परेका छन् । पछिल्लो तीन महिनाको अवधिमा नेपलभरीमा सबै भन्दा बढि एक हजार एक सय ५३ ओटा उजुरी बर्दिया जिल्लाबाट मात्र परेका छन् । देशभरबाट पछिल्लो तीन महिनामा थप १५ हजार उजुरी दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा. टिका प्रसाद ढकालले बताए ।
उनका अनुसार बर्दिया जिल्लाबाट मात्रै करिब तीन हजार उजुरी पुग्न सक्ने भन्दै देशभरबाट आयोगमा नयाँ र पुरानो गरि ८० हजार उजुरी दर्ता भएको छ ।
पछिल्लो उजुरीमा जबरजस्ती करणी र यौनजन्य हिँसाको शिकार भएका महिला दिदिबहिनीको पनि उजुरी संकलन गरिएको छ । आयोगका सदस्य डा. ढकालले आयोगमा केही आधारभुत काम गर्नुपर्ने भएकोले पीडित समक्ष हाल नपुगेको भन्दै पीडितहरू समक्ष नै आयोग आउने बताए ।
उनले भने, ‘हजुरहरूको कुरा सुन्नका लागि हामी जति सक्दो छिटो घर दैलोमा आउँछौँ ।’ पीडितहरूलाई न्याय र परिपुरणका लागि आयोग तयार भएको भन्दै आयोग पीडित परिवार सँगै रहेको आश्वासन दिइन् ।
१५ औँ अन्तराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा बर्दिया जिल्लामा द्वन्द्वपीडित परिवारहरूले शान्ती र्याली निकालेका थिए । द्वन्द्वपीडित समिति बर्दियाको अगुवाईमा पीडित परिवार र आयोग विच अन्तरसंवाद कार्यक्रम भएको थियो । करिब तीनसय ५० पीडित परिवार सहभागी कार्यक्रममा ३४ जना पीडित परिवारले दुई ओटै आयोग समक्ष आफ्‌ना भनाई राखेका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP