कोशीपारी अनलाइन, काठमाण्डौं
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपूरा रुपैठामा हिन्दु र मुस्लिमसमुदायबीच विवाद उत्पन्न भएको छ ।
गणेश पूजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो ।
ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिन नजिकका प्रहरी चौकीहरुबाट पनि अतिरिक्त टोली परिचालन गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
स्थिती नियन्त्रणमा रहेको धनुषा प्रहरीले दाबी गरेपनि दुबै समुदायबीच कुनै सम्झौता भने भएको छैन । स्थानीयहरु अझै आक्रोसित देखिएका छन् भने सो स्थानमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...