२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने

दानबहादुर बुढा
मुगु । नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए ।

 


डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।

डोल्फु क्षेत्रका स्थानीयबासीलाई कामको लागि शे–फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्ग बाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पीडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको गरेका हुन् । उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा.नं १ मा पर्ने गरेको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसित जोडिएको भु भागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसंग माग गरेको थियो । यो निकुञ्जसंगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP