काठमाण्डौं । शैक्षिक परामर्शका क्षेत्रमा विश्वसनिय कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।
कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ । उक्त अवसरमा भिसा , डकुमेन्ट र बैंकिङ प्रोसेसको विषयमा परामर्श लिन सकिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिएका छन् ।न्यौपानेका अनुसार आफ्ना नानीबाबुलाई विदेशका विश्वविद्यालयमा पढाउन चाहानेले एक पटक विज्ञसंग परामर्श लिनैपर्ने हुन्छ । सबै क्षेत्रका विज्ञहरुलाई एउटै थलोमा भेट्न पाइने भएकाले यो एडमिशन साता विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुनेछ ।
ग्लोबल कन्सल्टले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा विभिन्न स्कलरसिप, सेवामा पचास प्रतिशतसम्म छुट,फोटो कन्टेष्ट, भिडियो कन्टेष्ट र बम्पर उपहार समेत प्रदान गर्ने जनाइएको छ ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...