काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ ।
मंगलबार बिहान भण्डारीको निवासमा राजनीतिक भेटघाट भएको हो । प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप भेटघाट थियो ।
वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा र यसको समाधानको आवश्यक पहलबारे पनि छलफल भएको उनले जानकारी दिए ।
भेटवार्तामा उपराष्ट्रपति भण्डारीले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएको प्रति उनले सरोकार राख्नुका साथै रविप्रति पनि सद्भाव रहेको धारणा राखेकी थिइन् ।
नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको धारणा राख्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको उनले बताइन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...