काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताए ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...