काभ्रेपलाञ्चोक – नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज २०८२ को अवसरमा चौरीदेउराली गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाको प्राङ्गणमा आउँदो भदौ ८ गते बिहान १०:०० बजेदेखि कार्यक्रम हुने जानकारी आज आफ्नै सामाजिक सञ्जालमार्फत चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले बताएकी छन्।
कार्यक्रममा महिला दिदीबहिनीहरूले परम्परागत पोशाकमा सजिएर तीज गीतमा नाचगान प्रस्तुत गर्ने, विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तथा सामुदायिक एकता र मेलमिलाप सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष चौलागाईंले तीज पर्वलाई सामाजिक सद्भाव, धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा उपयोग गर्न लागिएको उल्लेख गरेकी छन्।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...