२०८३ बैशाख ९
April 22, 2026, Wednesday

पूर्वराष्ट्रपति भण्डारीको जवाफ : एमालेमै रहेर राजनीति गर्छु

पूर्वराष्ट्रपति भण्डारीको जवाफ : एमालेमै रहेर राजनीति गर्छु

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

‘नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो,’– उनले भनिन् ।उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन् ।

अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन् ।पूर्वराष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको उल्लेख गरिन् ।

त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।

भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP