कोशिपारी अनलाइन, काभ्रेपलाञ्चोक । भदौ ३ गते, २०८२ भुम्लु गाउँपालिकामा आज ऐतिहासिक कार्यक्रमका बीच वडा नं. ७ का १७४ र वडा नं. ८ का २०४ गरी जम्मा ३७८ घरधनीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको छ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षता रहेको थियो।

साथै प्रदेश सभा सदस्य माननीय रुकु चौलागाईको विशिष्ट आतिथ्यता सहित मन्त्रालयका सचिव केदारनाथ शर्मा, गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्री, भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेका अध्यक्ष विदुर प्रसाद हुमागाई, नापी कार्यालय प्रमुख अशोक भुसाल, मालपोत कार्यालय प्रमुख दिपक निरौला, कार्यपालिका सदस्यहरू तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।

मन्त्री अधिकारीले आफ्नो सम्बोधनमा जग्गाधनी प्रमाण–पूर्जा वितरण अभियानलाई दीर्घकालीन रूपमा देखिएको समस्या समाधान गर्ने ऐतिहासिक कदम भएको बताउँदै, यसले सर्वसाधारण नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले स्थानीय सरकारको प्राथमिकतामा जनतालाई प्रत्यक्ष लाभ पुग्ने कामलाई अगाडि बढाइने उल्लेख गरे।

भुम्लु गाउँपालिकाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...