२०८३ बैशाख ४
April 17, 2026, Friday

मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन् ।उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षका लागि स्वीकार्य समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत र चीनबीचको सम्बन्धले नयाँ दिशा लिएको छ । यसअघि वाङ यीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्तामा मोदीले यो महिनाको अन्त्यमा चीनको भ्रमण गर्ने पुष्टि गरेका थिए ।

वाङ यीसँगको भेटपछि मोदीले सामाजिक संजालमा गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि भारत–चीन सम्बन्धले एक–अर्काको हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताए ।
बैठकमा वाङ यीले पछिल्ला केही वर्षमा भारत र चीन दुवैलाई झट्का लागेको र त्यो दुवैको हितमा नभएको बताए । उनले भने, “हामीले खुसीसाथ भन्न सक्छौँ, अब सीमामा स्थिरता बहाल भएको छ । इतिहास र वास्तविकताले भारत र चीनबीच राम्रो सम्बन्ध दुवै देशका दीर्घकालीन हितहरू पूरा गर्छ भन्ने यो प्रमाणित गरेको छ ।”

वाङ यीले चीनले एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदीको प्रस्तावित भ्रमणलाई धेरै महत्व दिने बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP