२०८२ कार्तिक २१
November 7, 2025, Friday

आज राष्ट्रिय सभाको बैठक बस्ने

आज राष्ट्रिय सभाको बैठक बस्ने

काठमाडौं।संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
उक्त बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ भाद्र ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ भाद्र ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ भाद्र ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP