भदौ २ काठमाडौं| काभ्रेपलान्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविरको पहिलो दिनमै सेवाग्राहीहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ।
हिजो भदौ १ गतेदेखि सुरु भएको उक्त शिविरमा पहिलो दिन ठूलो संख्यामा सेवाग्राही उपस्थित भएका थिए। बर्षातको समयमा काठमाडौ देखि गाउँसम्म धाउनुपर्ने झन्झट हटेको भन्दै धेरै सेवाग्राहीहरूले खुशी व्यक्त गरेका छन्। काठमाडौंमै सेवा पाएकोमा एक वृद्ध सेवाग्राहीले भने, “हामीजस्ता वृद्धावस्थाका मानिसलाई गाउँसम्म जान आउन निकै गाह्रो हुन्छ।

गाडी चाढि गाउँ सम्म जानलाई निक्कै असहज , कष्टकर हुने गरेकोमा अहिले गाउँपालिकाले काठमाडौंमै यस्तो शिविर राखिदिँदा सजिलो भएको छ।” गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले भनिन्, “काठमाडौंमा बसोबास गर्ने सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यो शिविर आयोजना गरिएको हो। भदौ ६ गतेसम्म संचालन हुने यो शिविरमा समय अभाव भएमा आवश्यकताअनुसार थप गर्ने विचार समेत व्यक्त गरिन । उनले भनिन “यसरी काठमाडौंमै सेवा दिँदा अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्ध आमाबुबालाई राहत पुगेको छ “।
साथै सम्बन्धित वडाका अध्यक्ष र सचिवहरूको समेत यहि शिविरमा उपस्थिति रहने भएकाले वडा कार्यालयबाट सेवाग्राहीले दैनिक रुपमा लिनुपर्ने सेवा पनि यहीँबाट सहजै रूपमा लिन सक्ने समेत बताईन । उनले थपिन्, “राष्ट्रिय परिचयपत्र अब गाउँपालिकाले समन्वय गरेर गाउँ–गाउँमै सेवा दिने सहज वातावरण पनि बनाइनेछ।” शिविरमा भत्ता नविकरणका लागि सेवाग्राहीहरूले पुरानो भत्ता परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको फोटो (२ प्रति), अपाङ्गता प्रमाणपत्र (अपाङ्गता भएकाहरूका लागि) लगायतका आवश्यक कागजात ल्याउनुपर्ने गाउँपालिकाले जनाएको छ।
काठमाडौंको स्टार फुड एण्ड बैंक्वेट, पेप्सीकोलामा सञ्चालन भइरहेको यो शिविर आगामी भदौ ६ गतेसम्म चल्नेछ। बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मिति र वडाअनुसार सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...