काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ । बिहीबार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् । जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे ।
कार्यगत एकतामा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका हुन् ।
प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने र संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ । आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने बताइएको छ ।
त्यस्तै, बहुजातीय/बहुलराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहभागितामूलक समावेशी लोकतन्त्र, सुशासनका लागि सरकार, संसद् र सडक सबै मोर्चामा क्रियाशील रहने दुवै नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...