२०८३ बैशाख १५
April 28, 2026, Tuesday

चीनमा बच्चा जन्माउने आमालाई नगद दिइने

चीनमा बच्चा जन्माउने आमालाई नगद दिइने

काठमाडौं।चीनमा बच्चा जन्माउने आमाले अब नगद रकम प्राप्त गर्ने भएका छन्। बच्चा जन्माउने मातापितालाइ सरकारले तीन वर्षसम्म वार्षिक ३६०० युआन अर्थात करिब ७० हजार नेपाली रुपैंया बराबर रकम तीन वर्षसम्म प्रत्येक बर्ष दिने घोषणा गरेको छ।
चाइना डेलीको रिपोर्ट अनुसार चीनमा २१ प्रतिशत जनसंख्याको उमेर ६० वर्ष माथि पुगेको छ। चीनले करिब एक दशक अघि विवादास्पद मानिएको एकसन्तान नीतिको अन्त गरेको थियो। तर उक्त निति अन्त भए पनि बच्चा पाउने रुचीमा कमीका कारण जन्मदर निरन्तर ओरालो लागिरहेको छ।

विश्वकै ठूलोमध्येको चीनमा जन्मदर सर्वाधिक कम छ र यो लगातार घट्दो क्रममा रहेको छ। २०१६ मा चीनमा १।८ करोड बच्चा जन्मिएका थिए। २०२३ मा यो संख्या ९० लाखमा झरेको छ। केवल ७ वर्षमै चीनमा बच्चा जन्माउने गति ५० प्रतिशत कमी आएसँगै जन्मदरलाइ लिएर चिन्ताहरु ब्यक्त गरिएका थिए। २०२४ मा यो संख्यामा केही वृद्धि भएर ९५ लाख भयो। तर जनसंख्यामा निरन्तर गिरावट थामिएको छैन्। जन्मदर भन्दा मृत्युदर अत्याधिक रहेको छ।

चीनको जनसंख्या नीति निरन्तर फेरिंदै गएको छ। सन् १९७९ मा एकसन्तान नीति लागू गरियो। यो निती २०१६ मा छुट गर्दै दुइवटा सन्तान जन्माउन पाउने अधिकार दियो। २०२१ मा तीन सन्तान जन्माउन पाउने प्रावधान थपिंदा २०२२ मा बच्चा पाउने सम्पूर्ण सीमा हट्यो।

साथै सरकारले जन्मदर बढाउनका लागि सब्सिडीहरु पनि दिंदै आएको छ।जसमा ट्याक्स छुट, जागिरमा प्राथमिक्ता तथा अन्य सुविधाहरु दिइरहेको छ। अहिले आएर नगद पनि दिने ब्यब्स्था थालेको छ।

सरकारले यो कदम चीनमा घट्दो जन्मदरका कारण लिएको हो।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP