२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

फिल्म ‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

फिल्म ‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

काठमाडौं । फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए । “हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।”

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । ‘शिवांश : च्याप्टर–१’मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ । मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको  चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ श्रावण १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ श्रावण १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ श्रावण १३

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP