२०८३ बैशाख ९
April 22, 2026, Wednesday

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पाण्डेय प्रदेशमा लोसपाका संसदीय दलका नेता हुन् । शपथ समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीराम चौधरीलगायत प्रदेश सरकारका अन्य मन्त्रीहरूको उपस्थिति थियो ।

पाण्डे नियुक्तिसँगै लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा एमालेबाट ५, कांग्रेसबाट ५, जसपाबाट १ मन्त्री थिए भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वयं मुख्यमन्त्रीले सम्हालिरहेका थिए ।पाण्डे यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्। उनलाई सत्तालोलुप नेताको आरोप छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP