२०८२ माघ ५
January 19, 2026, Monday

 विशेष आमाहरूको सशक्तीकरणका लागि ३० दिने सीप विकास तालिम सम्पन्न

 विशेष आमाहरूको सशक्तीकरणका लागि ३० दिने सीप विकास तालिम सम्पन्न

काठमाडौं |  अटिज्म र डाउन सिन्ड्रोम भएका बालबालिकाहरूकी आमाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको ३० दिने टासल मेकिङ र ह्याण्ड क्रोशे सीप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। यस तालिम कार्यक्रमको नेतृत्व लायन सपना बज्राचार्य लामाले गर्नुभएको थियो। उहाँ लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेन्टकी कोषाध्यक्ष तथा Weaves and Blends संस्थाकी संस्थापक एवं क्रिएटिभ डाइरेक्टर पनि हुनुहुन्छ।

कार्यक्रमको आयोजनामा MUNA Nepal Organization, Weaves and Blends, र Lions Club of Kathmandu Skill Development को संयुक्त पहल रहेको थियो। तालिममा सहभागी आमाहरूले टासल तथा ह्याण्ड क्रोशे जस्ता हस्तकला सीपहरू सिके। तालिमको उद्देश्य आर्थिक आत्मनिर्भरता र रोजगारीको सम्भावना बढाउनु रहेको आयोजकहरूले जनाएका छन्। समापन समारोहमा प्रत्येक सहभागीलाई तालिम समापन प्रमाणपत्र प्रदान गरिएको थियो।

साथै, Weaves and Blends को तर्फबाट प्रत्येक आमालाई रू. ५,००० प्रोत्साहन भत्ता समेत प्रदान गरिएको थियो।

कार्यक्रमका संयोजक तथा लायन क्लब अफ काठमाडौं स्किल डेभलपमेन्टका अध्यक्ष लायन विजय लामाले यस्तो खालको कार्यक्रमले विशेष समुदायका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा यस्ता थप कार्यक्रमको निरन्तरताको प्रतिबद्धता पनि जनाउनुभयो। समाजको हरेक तहका मानिसलाई समेट्ने यस्ता तालिमहरू आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। (स्रोत: लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेन्ट)

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ श्रावण ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ श्रावण ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ श्रावण ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP