काठमाडौं । आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।
आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको छ ।
साउनको सोमबार उपवास गर्दा मानिसको इच्छा, आकंक्षा पूरा गर्ने जन विश्वास रहिआएको छ । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।ब्रह्म मुहूर्तमा स्नान गरी शुद्ध मनले शिवलिङ्गमा जल, दूध, बेलपत्र चढाएर पूजा गर्नुपर्दछ। ॐ नमः शिवाय जप, आरती, शिव चालिसा वा सोमबार कथा वाचन गरी व्रत सम्पन्न गरिन्छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...