२०८२ कार्तिक २१
November 7, 2025, Friday

रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

सामाजिक अभियन्ता युवराज पौडेल सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि दलको चुनाव चिन्ह बनाउन नमिल्ने र स्वतन्त्र शब्दले उम्मेदवारहरूलाई समेत असर पार्ने भन्दै संशोधनको माग गरेर आयोगमा निवेदन दिएका हुन् ।

आयोगले उनको निवेदन दर्ता गरेको छ ।

उनले निवेदनमा भनेका छन्-

‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार सिद्धान्त उद्देश्य नीति,कार्यक्रमहरूको आवश्यकता पर्ने गर्दछ अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन पार्टीले आफ्ना कार्यक्रमहरू स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु अनुरोध गर्दछु ।’

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP