२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

काठमाडौँ|  क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए ।

उनले भने,‘डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिको लागि हामीले प्रयास गर्यौं तर त्योबाट नहुने भएपछि ’डाइरेक्ट रिलिफ’ ले ’वान हार्ट वल्र्डवाइड’ दिएर त्यसमार्फत हामीलाई दिएको छ । दुई तीन महिनामा आउँछ भन्ने आशा थियो । तर प्रकृया लामो भएर आज आइपुगेको छ । ’

आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ। मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ असार २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ असार २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ असार २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP